विश्वकपअघिको अभ्यास खेलमा नेपालको अर्को हार

आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दुवै खेल गुमाएको छ।

बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपाल सोमबार भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।

बुधबारबार भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्।

बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए। अमेरिकाले नेपालविरूद्ध नौ बलरलाई बलिङ गरायो।

५९ रनको लक्ष्य अमेरिकाले ५ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो।

अमेरिकाका लागि इशानीले रिटायर्ड आउट हुनुअघि २४ रन जोडिन्।

बलिङमा नेपालकी रिया शर्माले ३ विकेट लिन सफल भइन्।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएको छ।

दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन्। १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन-तीन टोली सुपर-६ मा पुग्नेछन्।

सुपर-६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।

नेपालका खेल
नेपाल भर्सेस बंगलादेश – माघ ५
नेपाल भर्सेस स्कटल्यान्ड – माघ ७
नेपाल भर्सेस अस्ट्रेलिया- माघ ९

नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र