लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्।

गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र सिटीले ब्रेन्टफोर्डसँग बराबरी खेलेको हो।

स्टामफोर्ड ब्रिजमा चेल्सीले बर्नेमाउथसँग २-२ गोलको बराबरी खेल्दा १३ मिनेटमा कोल पाल्मरले गोल गरेका थिए।

बर्नेमाउथका जस्टिन क्लुइभर्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएपछि र एन्टोइन सिमेन्योले ६८ मिनेटमाम गोल गर्दा चेल्सी घरेलु मैदानमा पछि परेको थियो। रिस जेम्सले अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गरी चेल्सीलाई हारबाट जोगाएका थिए।सिटी ग्राउन्डमा लिभरपुलविरूद्ध नटिंघम फरेस्टका क्रिस वुडले आठौं मिनेटमै गोल गरे। डियागो जोटाले ६६ मिनेटमा फर्काएको बराबरी गोल निर्णायक बन्दा लिभरपुल र नटिंघम फरेस्टले १-१ को बराबरी खेले।यसपालि खराब लयमा रहेको सिटीले ब्रेन्टफरोर्डसँग २-२ गोलको बराबरी खेलेको छ। सिटीका दुवै गोल फिल फोडेनले गरेका थिए।

६६ र ७८ मिनेटमा फोडेनले गोल गरेपछि ८२ मिनेटमा ब्रेन्टफोर्डका योआने विसा र अतिरिक्त समयको दोस्रो मिनेटमा क्रिस्टियन नोरगार्डले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।

अंक तालिकामा लिभरपुल ४७ अंकसहित शीर्षस्थानमा छ। नटिंघम फरेस्ट दोस्रो स्थानमा रही ४१ अंक जोडेको छ। आर्सनल ४० अंकसहित तेस्रो, चेल्सी ३७ अंकका साथ चौथो, न्यूकासल ३५ अंकका साथ पाँचौं र म्यानचेस्टर सिटी ३५ अंकसहित छैटौं स्थानमा छ।

 

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

विश्वकपअघिको अभ्यास खेलमा नेपालको अर्को हार

आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दुवै खेल गुमाएको छ। बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार