प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ।

मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको उदघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरूवात गरेको हो।

गण्डकी प्रदेशले दिएको ५६ रनको झिनो लक्ष्यलाई सुदूरपश्चिमले तीन विकेट गुमाउँदै ९.५ ओभरमै लक्ष्य पुरा गर्‍यो।

सुदूरपश्चिमको जितमा रेवती धामीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिन्। उनले चार विकेट र २७ बलमा २१ रनमा बनाउँदै अविजित रहिन्।

पाँचौ नम्बरमा ब्याटिङका लागि आएकी शोभा रोकाया पनि ८ बलमा चार रन बनाउँदै अविजित रहिन्। यस्तै मनिषा बोहराले ११ बलमा ९ रन बनाइन्। विन्दु रावलले ८ बलमा ६ रन बनाइन्। बलिङमा गण्डकीका लागि आकृती तिवारी र अपेक्षा बुढाथोकीले १-१ विकेट लिए।

टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनायो। उसका लागि रेखा तामाङले २० बलमा १३ रन, सिर्जना पौडेलले २६ बलमा १०, निरु जिटीले १३ बलमा ७ रन बनाए।
सुदूरपश्चिमका लागि रेवती धामीले तीन ओभर बलिङ गर्दै ९ रन खर्चिदै चार विकेट लिइन्। जानकी थापा र रितु कनौजियाले समान १-१ विकेट लिए।

उत्कृष्ट प्रर्दशन गर्ने रेवती धामीले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद तीन हजार पुरस्कार प्राप्त गरिन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा भइरहेको यो प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम रहेका छन्। समूह ‘बी’ मा कोशी, बागमती, मधेस, र आर्मी रहेका छन्।

सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन्। फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा पिलियर अफ द सिरिजले पचास हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५ हजार पाउनेछन्।

 

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र

विश्वकपअघिको अभ्यास खेलमा नेपालको अर्को हार

आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दुवै खेल गुमाएको छ। बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार