पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीले कहिले, कुन विधामा प्रतिस्पर्धा गर्दैछन्?

विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतिस्पर्धा ‌ओलम्पिक खेलको ३३औं संस्करण फ्रान्सको पेरिसमा आगामी शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

यसपटकको पेरिस ओलम्पिकमा २०६ देशका १० हजार ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ३२ खेलको ३२९ विधामा विश्वभरका खेलाडीको भिडन्त हुनेछ।

यसपटक नेपालबाट सात जना खेलाडीले ओलम्पिकमा भाग लिँदैछन्। टेबलटेनिसका स्यान्टू श्रेष्ठले दक्षिण एसियाली छनोट जितेर प्रतियोगितामा स्थान पक्का गरेका थिए। बाँकी छ खेलाडीले प्रदर्शनको आधारमा कोटा पाएर ओलम्पिकमा स्थान बनाएका हुन्।

स्यान्टूसँगै ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडी खेलाडीद्वय अलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता प्रधान श्रेष्ठ र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले ओलम्पिक खेल्दैछन्।

खेलाडीहरू ‌ओलम्पिकका लागि पेरिसतर्फ प्रस्थान गरिसकेका छन्।

ओलम्पिकमा पदक जित्नु नेपाली खेलाडीको लक्ष्य होइन। नेपाली खेलाडीले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छन्।

ओलम्पिकको उद्घाटनमा नेपाल टेलबटेनिसका स्यान्टु र जुडोकी मनिताले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्।

कहिले छ नेपाली खेलाडीको प्रतिस्पर्धा?

प्रिन्स दाहाल – ब्याडमिन्टन, पुरुष एकल- साउन १२-१६ सम्म समूह चरणका खेल, प्रिन्स समूह जेमा छन्। (खेल तालिका सार्वजनिक हुन बाँकी)

स्यान्टू श्रेष्ठ – टेबलटेनिस, पुरुष एकल- साउन १२-१६ सम्म समूह चरणका खेल (खेल तालिका सार्वजनिक हुन बाँकी)

सुस्मिता नेपाल- सुटिङ – १० मिटर एयर राइफल- साउन १३ गते छनोट चरण

अलेक्जेन्डर शाह – पौडी – १०० मिटर फ्रिस्टायल – साउन १५ गते हिट चरण

डुवाना लामा – पौडी- २०० मिटर फ्रिस्टायल – साउन १३ गते हिट चरण

मनिता श्रेष्ठ प्रधान- जुडो- ५७ केजी मुनि तौल समूह- साउन १४ गते समूह चरण

सन्तोषी श्रेष्ठ – महिला म्याराथन- साउन २७

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र