नेपालविरूद्ध पाकिस्तानले टस जित्यो

एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

टस जितेको पाकिस्तानले बलिङ गर्ने निर्णय गरेको छ।

नेपाली टोली : १ रुबिना क्षेत्री, २ सीता राना मगर, ३ इन्दु बर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दु रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ रोमा थापा।

पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। पाकिस्तानलाई पनि सेमिफाइनलमा स्थान पक्का गर्न आजको खेल जित्नु पर्ने दबाब छ।

नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक एसिसी महिला एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो।

खेलमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ७२ रन जोडेकी थिइन्। सम्झनाको त्यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक थियो।

साथै युएईविरूद्धकै खेलमा नेपाली महिला ब्याटरले टी-२० अन्तर्राष्ट्रियमा तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर बनायो।

त्यही खेलमा नेपालले पार गरेको ११६ रनको लक्ष्य महिला टी-२० मा अहिलेसम्मकै ठूलो हो।

नेपालले मंगलबार भारतसँग खेल्नेछ।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र