कर्णालीका मुख्यमन्त्रीको आग्रह- पूर्वाधार सुनिश्चित भएपछि मात्रै १०औँ राष्ट्रिय खेलकुदको मिति तोकियोस्

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार सुनिश्चित गरेर मात्र मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

प्रतियोगिताबारे युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग बुधबार वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा गर्नुभन्दा पूर्वाधारलगायतका काम समयमा सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै मिति घोषणा गर्दा उपयुक्त हुने सुझाव दिएका हुन् । कर्णाली प्रदेशमा हुने भनिएको प्रतियोगिता आगामी १२ मंसिरका लागि मिति प्रस्ताव गरिएको छ ।

‘अहिले मिति तोक्ने पछि यो भएन र ऊ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल हुन्छौँ,’ मुख्यमन्त्री कँडेलले भने, ‘हामी प्रतियोगिताका लागि आतुर छौँ । तर, अहिले भइरहेका पूर्वाधार समयमै सम्पन्न हुने सुनिश्चितता भएपछि मात्रै मिति तोकौँ ।’ कर्णाली प्रदेशले भौतिक पूर्वाधारमा उल्लेख्य लगानी गरिसकेको बताउँदै मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो प्रयास रहने बताए ।

प्रतियोगिताको सफलताले  कर्णालीको मान, सम्मान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढ्ने बताउँदै मुख्यमन्त्री कँडेलले व्यवस्थित तवरबाट सम्पन्न गर्न पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको भौतिक प्रगतिको काम प्रशंसायोग्य रहेको बताउँदै भौतिक पूर्वाधार सुनिश्चित भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने बताए ।

 

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र