
काठमाडौं,१५ साउनः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा आज ५ वटा प्रदेशमा अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।
विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।



