कारबाओ कपको पहिलो सेमिफाइनलमा आर्सनल पराजित

खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए

हेटौँडा । इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ ।

घरेलु मैदानमा आर्सनललाई न्युक्यासल युनाइटेडसँग २-० ले पराजित गरेपछि अब फाइनल पुग्न आर्सनललाई कठिन संघर्ष गर्नुपर्ने देखिएको छ ।

इमिरेट्स रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

युनाईटेडको लागि खेलको ३७औँ मिनेटमा इसाकले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए । अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ ।

 

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र