प्रधानमन्त्री कपमा एपिएफको लगातार जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार जित निकालेको छ।

कैलालीको धनगढीस्थित फाप्ला मैदानमा बुधबार एपिएफले गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकाल्यो। अघिल्लो दिन एपिएफले कर्णालीलाई १११ रनले हराएको थियो।

गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफकी कप्तान इन्दू बर्माले २६ रन र रोमा थापा १४ रनमा नटआउट रहे।

त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए।

हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो।

उसका लागि ओपनर तथा कप्तान सिर्जना पौडेलले रनआउट हुनुअघि २५ रन बनाइन्।

बलिङमा एपिएफकी बिनु बुढाले २ विकेट लिइन् भने करुणा भण्डारीले १ विकेट आफ्नो नाममा लेखाइन्।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र