जय ट्रफी : शाहब अलामको अर्को सनसनीपूर्ण बलिङ, लिए एकै इनिङग्समा सात विकेट

जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरूद्धको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब अलामले उत्कृष्ट बलिङ गरेका छन्।

वीरगञ्जमा मंगलबार खेलको पहिलो दिन ८२-२ को स्थितिमा रहेको पुलिसविरूद्ध शाहबले बुधबार दोस्रो दिनको पहिलो सत्रमा सात विकेट पूरा हुन्।

शााहबले सात विकेट लिएसँगै पुलिसले पहिलो इनिङग्समा ९ विकेटको क्षतिमा १३३ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको छ।

पुलिसका लागि कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडे भने अमृत श्रेष्ठले २० रन बनाए। अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा शाहबले सात विकेट लिने क्रममा १२.४ ओभर बलिङ गर्दा ३ मेडन फ्याँके भने ३७ रन दिए।शाहबले जारी प्रतियोगितामा २८ विकेट लिइसकेका छन्। उनले पुलिसविरूद्धकै लिग चरणको खेलमा एकै इनिङग्समा ८ विकेट लिएका थिए। उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन्।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र