मोटर साइकल दुर्घटनामा रुकुम चौरजहारीका एक युवकको मृत्यु

मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्यमा कार्यरत हुनुहुन्थ्यो !

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ निवासी ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो । घर पुग्ने क्रममा आज बिहान १ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्यमा कार्यरत हुनुहुन्थ्यो । अत्यन्त मिलनसार, सहयोगी मनका चिरन्जिवीको मृत्युको खबरले पुरै गाउँ नै शोकमा डुबेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको