प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको प्रदेश अधिवेशन यही फाल्गुन ३ गते कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा हुने भएको छ !
प्रदेश अधिवेशनका लागि कर्णाली प्रदेश भित्र रहेका १० जिल्ला मध्य मुगु बाहेक सबै जिल्लाहरुमा जिल्ला अधिवेशन र प्रदेश प्रतिनिधि छनौटको काम सम्पन्न भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका महासचिव प्रेम राज सिम्खडाले जानकारी दिनु भयो !
महाधिवेशन र प्रदेश अधिवेशनका लागि जिल्लाहरुमा प्रतिनिधि छनौट लगायतका काम सम्पन्न भएको छ महाधिवेशन यही फाल्गुण २५-२७ सम्म विराटनगरमा हुदै छ ३ गते हुने कर्णाली प्रदेश अधिवेशनको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल उपस्थिति रहनुका साथै उद्घाटन गर्ना प्रेस चौतारीका केन्द्रिय इन्चार्ज राजेन्द्र गौतम अध्यक्ष गणेश बस्नेत महासचिव हिरामान लामा लगायत प्रेस चौतारीका केन्द्रिय नेता प्रदेश तथा जिल्ला तहका प्रेस चौतारीमा आबध्द सञ्चार कर्मीहरु नेकपा एमालेका अन्य तहका नेताहरुको समेत सहभागिता रहने छ !



