कथित जनयुद्धको नाममा पाशविक तरिकाले हत्या गरिएका यदु गौतम

स्वर्गिय यदु गौतमको स्मरणमा यदु स्मृति प्रतिष्ठानबाट प्रत्यक वर्ष फागुन २१ गते यदु स्मृति पत्रकारिता पुरस्कार वितरण यो वर्ष पत्रकार दिलभुषण पाठकलाई दिइने !

काठमाडौं: स्वर्गिय यदु गौतमको जन्म रुकुम (पश्चिम) को चौरजारी नगरपालिका वडा न २ साबिक विजेश्वरी गाविस वडा नम्बर ५ मा आमा  जानकी गौतम र बुवा उमाकान्त गौतमको कोखबाट वि:स २०१८ साल वैशाख १६ गते रुकुमे गाउँमा जन्म भएको थियो!
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय यदु गौतम मोहन वैद्य निकट मोटो मसाल अनेरास्ववियु छैठौं को केन्द्रीय कोषाध्यक्ष महासचिव हुँदै उपत्यका विशेष सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो!

विक्रम सम्वत २०५१ सालमा मोटो मसाल पार्टीले दीर्घकालीन जनयुद्धको रणनीति अख्तियार गर्यो। सशस्त्र युद्ध गर्ने निर्णय गरेपछि त्यसको पक्षमा नगएर २०५२ सालमा माधव कुमार नेपाल रुकुम आएको समयमा यदु गौतमले नेकपा एमालेमा प्रवेश गर्नुभयो रुकुम नेकपा एमालेमा यदुको आगमनसँगै एमाले पार्टी थप शक्तिशाली मजबुत पार्टीमा परिणत भयो।
यदुको आगमन र कार्यशैलीको प्रभाव बाट उत्साहजनक कार्यकर्ताको साथ सँगै क्षमताको कदर गर्दै नेकपा एमाले रुकुमले उपसचिव हुँदै सचिवको जिम्मेवार दियो!
तत्कालीन समयमा कार्यकारी पद नै सचिव रहने व्यवस्था थियो। राजनीतिक र कार्यकौसल्ताले भरिपूर्ण यदु गौतम विसं २०५६ सालमा हुने आम निर्वाचनको लागि रुकुम नेकपा एमालेको तर्फबाट प्र्टीप्रतिनिधिसभा तर्फको टिकट पाउनुभयो।
र त्यसै निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न रुकुमका हरेक ठाउँहरूमा यदु गौतम चुनावी दौडान र प्रचारमा हिँड्दै जादा विसं २०५५ साल फागुन २१ गते रुकुमको गराइला भन्ने स्थानमा माओवादीको आतंककारी जत्थाले पाशविक सँगै निर्ममतापूर्वक यदु गौतमको हत्या गर्यो।
यदु गौतमको हत्याको खबर तत्कालै पार्टीमा आयो र पार्टीका कार्यकर्ता संगसगै  रुकुम शोकमा डुब्यो त्यसपश्चात् मृतक यदु गौतमको पार्थिव शरीरलाई जिल्लामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले रुकुमको मुसिकोटको सदरमुकाममा पुर्याएसँगै यदु गौतमको मृतक शरीर नेकपा एमालेले त्यसै दिन हेलिकप्टर मार्फत काठमाडौँ लग्यो।
नेकपा एमालेको पार्टी कार्यालयमा मृतक स्वर्गीय गौतमको शरीरलाई मनमोहन अधिकारी लगायतका शीर्ष नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेर हेलिकप्टर मार्फत नै रुकुम पुर्यायो। रुकुमको चौरजारीमा उहाँको अन्तिम दाहासंस्कार भयो।

विक्रम सम्वत् २०५६ सालमा हुने आम निर्वाचनका लागि उम्मेदवार बनेका स्वर्गीय यदु गौतमको हत्या भएपछि नेकपा एमाले रुकुम पार्टीलाई ठूलो बज्रपात पर्यो तत्कालीन समयमा आम निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले रुकुम अभिभावक बिहिन भयो त्यसै समयमा निर्वाचन नजिकदै गर्दा नेकपा एमालेको निर्णयमा स्वर्गीय यदु गौतमको धर्मपत्नी तीर्था गौतमलाई आउँदै गरेको तत्कालीन आम निर्वाचनको टिकट प्रदान गर्यो।
पति वियोगमा परेकी तीर्था गौतम पार्टी र स्वर्गीय पतिको सपना साकार बनाउन चुनावी मैदानमा उत्रनुभयो रुकुम नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू प्रतिनिधिसभाको निर्वाचनमा हुम्मीएकी तिर्था गौतमलाई साथ दिन कुनै पनि दिनरात नभनिकन आम निर्वाचनमा जुट्ने तयारी मा लाग्यो !
चुनावी प्रचार र नेकपा एमालेको कार्यकौशल्ता कार्यकर्ताहरूले गरेको लगानी स्वर्गीय यदु गौतमको रगतले मोछिएको रुकुमको माटोको उचित मुल्याङ्कन संगै लगानी र स्वच्छ छविको पहिचान सँगै तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार गोपाल जिजिङ शाहलाई भारी मतका साथ पराजय गर्दै स्वर्गिय यदु गौतमकी धर्मापत्नी तिर्था गौतमले सानदार विजय हासिल गर्नुभयो।
यदु गौतमको हत्याबाट आतङ्कित बनेको नेकपा एमाले रुकुम ले थोरै भएतापनि जनताद्वारा न्याय पायो र स्वर्गिय यदु गौतमको पसिना रगतले मोछिएको माटोले समेत न्याय पायो !
आम नेकपा एमालेका कार्यकर्ता तथा रुकुमेली जनताको सबैको मलिन मुहारमा केही परिवर्तन ल्यायो !
नेपाली कम्युनिस्ट आन्दोलनको एउटा उदाउँदो हुनाहार कम्युनिष्ट नेता रुकुमेली जनताको प्रिय नेतामा साबित यदु गौतम आम नेपाली श्रमजीवी सर्वहारा शोषित पीडित जनताको मुक्तिको खातिर लडिरहनु भएको हुन्थ्यो एउटा कम्युनिष्ट पार्टीको योद्धा जसले वर्ग दुश्मनको लागि सामान्त दलाल नोकरशाही पुजीपतिका विरुद्ध को नाममा बुलन्द आवाज उठाउने शक्तिशाली ब्यक्तीलाई कथित जनयुध्दको नाममा अत्यन्तै पाशविक विभत्सह ढंगले हत्या भएका स्वर्गीय यदु गौतम जस्ता कम्युनिष्ट पार्टीका वफादार सिपाहीको हत्याले रुकुम नेकपा एमालेलाई ठूलो क्षति पुर्यायो।
रुकुम नेकपा एमालेलाई ठूलो योगदानसँगै नेतृत्व गरेका स्वर्गीय यदु गौतमको स्मरणमा उहाँले गरेका सिर्जनात्मक कार्य उहाले गर्ने सेवारत भावना समाजवादको लागि बोकेको लक्ष कम्युनिस्ट पार्टीप्रति गरेको लगाप र निष्ठावान समाजवाद उन्मुख देश बनाउने सैद्धान्तिक क्षमता भएका व्यक्तिको हत्या कम्युनिस्ट पार्टीबाटै हत्या हुन्छ भन्ने कुरा कल्पना समेत भयना र विडम्बना कम्युनिष्ट पार्टी हुँ भन्ने माओवादीले नै यदु गौतमको हत्या गरेर कम्युनिष्टको धज्जी उडाउदै माओवादी पार्टी रुकुमका आम एमालेका नेता तथा कार्यकर्ता संगै माओवादीबाट पीडित जनताले माओवादी पार्टी कम्युनिष्टको नाममा कलंक हो भन्ने कुराको सङ्ज्ञा बसाले यदु गौतमको हत्याले एमालेलाई अझै पनि अपुर्णीय क्षति संगै कार्यकर्ताहरूको मन छियाछिया भएको र पार्टी निर्माणमा स्वर्गीय यदु गौतमको ठूलो अभाव अझै पनि खड्किरहेको नेकपा एमालेका आम नेता तथा कार्यकर्ताको बुझाई छ!

स्वर्गिय यदु गौतमको स्मरणमा यदु स्मृति प्रतिष्ठान निर्माण भै प्रत्यक वर्ष फागुन २१ गते यदु स्मृति पत्रकारिता पुरस्कार वितरण हुदै आएको छ र यो वर्षको यदु स्मृति पत्रकारीता पुरस्कार एक कार्यक्रम समारोहका विच  पत्रकार दिलभुषण पाठकलाई प्रदान गरिने यदु स्मृति प्रतिष्ठान संस्थाका अध्यक्ष तथा स्वर्गिय यदु गौतमकी सुपुत्री सुजिता गौतमले पूर्वाधारन्युज लाई जानकारी दिनु भयो !

 

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको